३१ आश्विन २०८३, शनिबार

लनटेनिस खेल्न अभिलाषा हैदराबाद प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abhilasaकाठमाडौं, २० कात्तिक । एटीएफ एसियन र्‍याङकिङ टुर्नामेन्टमा सहभागी हुन नेपाली लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको हैदराबाद प्रस्थान गरेकी छन् ।

नोभेम्बर ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई पार्टनरका रुपमा लिने छिन् ।

प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, मलेसिया, पाकिस्तान र हङकङको सहभागिता रहने बताइएको छ ।

अभिलाषासंग नेपालसंगै मलेसिया, थाइल्यान्ड, भारत र श्रीलंकामा भएको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

अभिलाषाले केहि महिनाअघि नेपालमै भएको केशा ग्रुप एएनएलटीए एसियन जुनियर यु–१४ र्‍याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को सिंगल्समा रजत पदक जितेकी थिइन् । त्यस्तै, श्रीलंको कोलोम्बोमा अक्टोबर ३ देखि ७ तारिखसम्म भएको एसियन र्‍याकिङ टेनिस टुर्नामेन्टको सर्किट १ मा विदेशी खेलाडीसंग मिलेर अभिलाषाले डबल्समा स्वर्ण जितेको अभिलाषाका पिता एवं अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

अभिलाषालाई लनटेनिस संघका केन्द्रीय उपाध्यक्ष केशवराज पाण्डेले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारै बिदाइ गरे । अजय विष्ट पनि अभिलाषासंगै हैदराबाद जाने छन् ।