३१ आश्विन २०८३, शनिबार

नेपाल–जापान राष्ट्रिय फुटबल टिमवीच मंसिर ४ मा भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganesh-man-lama-footballकाठमाडौं, १९ कात्तिक । नेपाली राष्ट्रिय टोली र फ्रेन्ड्स अफ जापानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

नेपाल–जापान दैत्य सम्बन्धको ६० औं वर्षगाँठका उपलक्ष्यमा कलरवाथ र अखिल नेपाल फुटबल संघ (एन्फा)ले संयुक्तरूपमा मैत्रीपूर्ण खेलको आयोजना गरेका हुन् । खेल मंसिर ४ गते ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछ ।

कलरवाथ नेपालका अध्यक्ष गणेशमान लामाले खेलबाट संकलित रकम भूकम्प प्रभावित जिल्लाको खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा खर्च गरिने बताए ।

हामीले विशेषगरेर खेलमार्फत अनाथ बालबालिकाका लागि कार्यक्रम गर्दै आएका छौं’, लामाले भने, ‘यस खेलको मुख्य उद्देश्य नेपाललाई जापानमा चिनाउनु हो । साथै यस खेलबाट संकलित रकम हामीले भूकम्प प्रभावित जिल्लाका विद्यालय पुनर्निर्माण लगायत खेल विकासमा खर्च गर्नेछौं ।’

टोकियो ओलम्पिक २०२० प्रचारप्रसारका लागि जापानका सरकारले ‘स्पोर्टस फर टुमरो’ कार्यक्रम संचालन गरिरहेकाले यस कार्यक्रममा जापानको परराष्ट्र तथा शिक्षा मन्त्रालयको पनि साथ रहने लामाले जानकारी दिए ।

nepal-japan

विश्वकप २००२ मा जापानी टोलीमा रहेका तोडा काजुयुकीको नेतृत्वमा १६ जनाको टोली मंसिर २ मा नेपाल आइपुग्नेछ । उक्त टोलीले च्यारिटी खेलका साथै काभ्रे धुलिखेलका विद्यालयका बालबलिकालाई प्रशिक्षण दिनेछन् ।

‘कलरबाथ नेपाल जापानमा खेलकुद विकासका लागि सक्रिय संस्था हो । मैत्रीपूर्ण फुटबल खेलका लागि टिकटको मूल्य पनि तोकिएको छ । एक हजार र १५ सय रुपियाँ तोकिएको अध्यक्ष लामाले बताए ।