
काठमाडौं, १९ कात्तिक । तीन दिने नेपाल भ्रमणमा रहनुभएकाका भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरधाम पुग्नुभएको छ ।
काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज विहान यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाइँले स्वागत अभिवादन गर्नुभएको थियो ।
जनकपुर पुगेका मुखर्जीले केहीबेरमा जानकी मन्दिर दर्शनका साथै विशेष पूजा गर्ने कार्यक्रम छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाले तिरहुतिया गाछीमा आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनुहुनेछ ।
मुखर्जीको स्वागतका लागि जनकपुरको विमानस्थलदेखि जानकी मन्दिरसम्म प्रत्येक ७० मिटरको दूरीमा स्वागतद्वार बनाइएका छन् । तीन किलोमिटरको दूरीमा ४५ भन्दा बढी गेट बनाइएको छ । मुखर्जीले पूजा गर्ने भएपछि जानकी मन्दिर परिसरमा पनि राम्रो सरसफाइ गरिएको छ ।
जानकी मन्दिरको पूजाआजा र नागरिक अभिनन्दन सकेर मुखर्जी आजै पोखरा जाने कार्यक्रम छ ।













प्रतिक्रिया