२ मंसिर २०८३, बुधबार

गुन्डा नाइके कथित ‘डन’ विकास पुनमाथि आक्रमण, अर्को समूह बेपत्ता

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कथित ‘डन’ विकास पुन
कथित ‘डन’ विकास पुन

घोराही, १९ कात्तिक । दाङको घोराही बजारमा दुई गन्डा समूहवीच झडप हुँदा कथित ‘डन’ विकास पुन गम्भीर घाइते भएका छन् ।

घोराहीमा कहलिएका गुन्डा नाईके कथित ‘डन’ विकास पुनमाथि उनकै साथीहरूले सांघातिक आक्रमण गरेका हुन् ।

कुनै समय विकास पुनकै ग्याङ्गमा रहेर सहयोगीका रुपमा काम गर्दै आएका बाबु पुन र उनको समूहले विकास पुनमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् नायव उपरीक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो । विकास पुनलाई तुल्सीपुर चौक नजिकै बिहीबार साँझ आक्रमण भएको थियो ।

दुई समूहवीच पुरानो रिसिबीका कारण बाबु पुनको समूहले विकास पुनमाथि आक्रमण गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रवक्ता शर्माले बताउनुभयो । ‘विकास पुन र बाबु पुन प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको समूह हो’, नायव उपरीक्षक शर्माले भन्नुभयो, ‘घटना भएको थाहा हुनेवित्तिकै दोषीहरूको खोजीका लागि म आफै खटिएको छु । ढिलो चाँढो यो समूहलाई पक्राउ गरेर कारबाही हुन्छ ।’

प्रहरीले विकास पुनमाथि सांघातिक आक्रमण गर्ने बाबु पुन र उसको समूहलाई खाजी गरेको छ । यो समाचार तयार पार्दासम्म बाबु पुन समूह फेला परेको छैन ।

घाइते भएका विकास पुनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको छ । वियरका बोतलले लागेका कारण सिसा शरीरभित्र अड्किन सक्ने भएकाले घाइतेको गाम्भीर्यता हेरेर कोहलपुर मेडिकल कलेज उपचार गर्न पठाइएको प्रवक्ता शर्माको भनाइ छ । ‘उपचार गर्न पठाए पनि विकास पुनलाई निगरानीमा राखेर पठाएका छौँ’, उहाँले भन्नुभयो, ‘विकास पुन पनि हाम्रो मोष्ट वान्टेडमा रहेको व्यक्ति हो ।’

के गर्छन् विकास र बाबुको समूहले ?

दाङ जिल्लामा विशेष गरेर घोराही नगरपालिकालाई आफ्नो आधार क्षेत्र बनाएको यो समूह विभिन्न आपराधिक गतिविधीमा संलग्न छ । प्रवक्ता शर्माका अनुसार पटक–पटक प्रहरी कारबाहीमा परेर सजाय भोगी सकेको यो दुई समूहलाई प्रहरीले सधैँ आफ्नो कडा निगारनीमा राख्दै आएको छ ।

गन्डागर्दी, अपहरण, चन्दा आतंक, ठेकेदारहरूसँग रकम असुली, घरजग्गा कारोबारमा कमिशन आदि यो समूहको मुख्य कमाइको आधार हो । सधै आपराधिक कार्यमा संलग्न रहेपछि प्रहरीले निगरानी राख्दै आएको थियो । तर बेलाबखत यो समूहले आफ्ना चर्तिकला देखाउने गरेको प्रहरी शर्माको भनाइ छ ।

कहाँसम्म छ कनेक्सन ?

राजनीतिक संरक्षणमा बाँचेका विकास र बाबु समूहले राजधानीका गुन्डा नाइकेहरूसँग राम्रो सम्बन्ध राखेका छन् । उनीहरूलाई स्थानीय वा केन्द्रमा समस्या पर्दा राजधानीका गुन्डा नाइकेहरूमार्फत आफ्ना समस्या समाधान गर्ने गरेको प्रहरी भनाइ छ । उनीहरू आवश्यक्ता अनुसार कांग्रेस, एमाले, माओवादी र अरु राजनीतिक दलहरूसँग निकट रहेको देखाउन पछि पर्दैनन् । विकास र बाबुको समूह पछिल्लो समस्य प्रहरीको टाउको दुखाइ बनेको थियो ।