२ मंसिर २०८३, बुधबार

एमाले अध्यक्ष ओलीसँग संविधानबारे कुरै गर्न सकेनन् भारतीय राष्ट्रपतिले

60k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranav-with-kp-oli

काठमाडौं, १८ कात्तिक । नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच विहीबार राति शिष्टाचार भेटवार्ता भएको छ ।

भारतीय राष्ट्रपतिले नेपालको नयाँ संविधानबारे एमाले नेतृत्वसँग कुनै चासो नराखेको बताइएको छ । कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरुसँग संविधानबारे मुखर्जीले चासो राखेको समाचार आइरहेका बेला ओलीसँग भने भारतीय राष्ट्रपतिले कुनै चासो नराख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

भेटमा राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा राखेका थिए । ‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौं, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छौं’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराउँदा उनले त्यसप्रति खुसी व्यक्त गरेको नेता भट्टराईले बताए ।

pranav-with-kp-oli-1

उनका अनुसार भारतीय राष्ट्रपतिले नेपालको नयाँ संविधानबारे एमाले नेतृत्वसँग कुनै चासो नराखेको बताइएको छ । कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरुसँग संविधानबारे मुखर्जीले चासो राखेको समाचार आइरहेका बेला ओलीसँग भने भारतीय राष्ट्रपतिले कुनै चासो नराख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मुखर्जी भेट्न अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, डा राजन भट्टराईलगायतका नेता ह्यात होटल पुगेका थिए ।

कांग्रेसले माग्यो सहयोग

congrass-leader-pranab-meeting

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले भेटेका थिए ।

भेटमा कांग्रेस शभापति शेरबहादुर देउवा लगायतका नेताहरुले भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिन आग्रह गरेका थिए ।

राष्ट्रपति मुखर्जीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ एवम् प्रगाढ भएको, दुई देशबीच विश्वासको बाताबरण मजबुत भएको, सद्भाव विकसित भएको र थप सहयोगका क्षेत्रहरु पहिचान भएको काँग्रेस नेताहरुको निष्कर्ष छ ।

भेटमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।