काठमाडौं, १९ कात्तिक । गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पहिलो पटक ल्यान्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा ‘अन्डरवर्ल्ड डन’ दाउद ईब्राहीमका एक सदस्यलाई पक्राउ गरेको छ ।
नक्कली भारुको कारोबारमा पटक–पटक मुछिएका रविराज सिंहलाई सिआईबीले कलबाईपास गरेको आरोपमा पक्राउ गरेको हो । सिंहलाई तिहारअघि नै सिआइबीले पक्राउ गरेको जनाएको छ ।
प्रक्राउ परेका सिंहले श्रीलंकाली गिरोहको सहयोगमा कलबाईपास गर्दै आएको सिआईबीको अनुसन्धानबाट खुलासा भएकोे छ । नक्कली भारुको अभियोगमा जेल पुगेका सिंह जेलबाट रिहा भए लगत्तै कलवाइपासको धन्दामा सक्रिय भएका थिए ।
सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अबैध कारोबार सुरु गरेको प्रहरीको दाबी छ । सिंहले गुरुङको नामबाट अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको खुलासा भएको छ ।
सिंहले गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएर राखेका थिए ।
सिंहले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएका छन् । सिंह उनै व्यक्ति हुन् जसलाई बिषेश व्यूरोको सहयोगमा काठमाडौं प्रहरीले २०७० मा नक्कली भारुको कारोबारमा पक्राउ गरेको थियो ।
एक करोड नक्कली भारुसहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेपछि उनीहरूकै बयानको आधारमा सिंह प्रहरीको फन्दामा परेका थिए । नक्कली भारुका भरिया नरुल्लाहकै बयानको आधारमा सिंह पक्राउ परेका थिए ।











प्रतिक्रिया