१९ कार्तिक २०८३, बिहिबार

टीकापुर पार्कमा दुई समूहबीच झडप

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ कात्तिक । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच आज अपराह्न झडप हुँदा सातजना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट आएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा राजापुरका वसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ । रासस