१९ कार्तिक २०८३, बिहिबार

पुरुषसँग होटलमा बस्दा मृत भेटिएकी महिलाको परिचय खुलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa-women

भैरहवा, १८ कात्तिक । रुपन्देहीस्थित भैरहवा बसपार्कमा रहेको होटल गोरखा प्रिन्समा बुधवार मृत अवस्थामा भेटिएकी एक महिलाको बिहीबारसम्म पनि परिचय खुल्न सकेको छैन ।

बुधवार एक पुरुषसँगै बिहान १० बजे होटलको कोठा नम्वर १ सय ११ मा बसेकी ति महिलाको सव घाँटि रेटी हत्या गरिएको अवस्थामा दिउँसो ४ बजे भेटिएको थियो । उनीसँगै आएका पुरुष फरार रहेको र उनको समेत परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको टाउकोमा धारिलो हतियारले काटेको चोटहरु छन् ।

उनको पहिचान खुल्ने कुनै पनि बिवरणहरु साथमा छैन । दुबै आँखा माथि आँखी भौ मुनिको भाग र चिउडोमा सेतो दुबी जस्तो देखिने, बर्ष ३०÷३२ की, मोटो शरिर भएकी, बर्ण गहुँगोरो, कालो कपाल भएकी ति महिलाको होटलमा ग्राहक दर्ता अभिलेखमा ठेगाना दुबै जनाको भारत सिवान बिहार रामपुर लेखाई महिलाको नाम रेखा सिन्हा र पुरुष राजेश सिन्हा उल्लेख छ ।

उनीहरु सेतो रंगको नं. नखुलेको भारतीय नम्बर प्लेटको स्कुटर लिई आएको प्रहरीले जनाएको छ ।

प्रकाश न्यौपानेबाट ।