१९ कार्तिक २०८३, बिहिबार

स्यालको टोकाइबाट ज्यान गुमाएकालाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rautahat

रौतहट, १८ कात्तिक । रौतहटमा स्यालको टोकाइबाट ज्यान गुमाएका व्यक्तिलाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम गरिएको छ ।

गरुडा नगरपालिकाका एकजना शिक्षकको स्यालको टोकाइबाट ज्यान गएकाले उनलाई शहिद घोषणा गर्न र अन्य डेढ दर्जन घाइतेहरुलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार बिहान ९ बजे देखि १२ बजेसम्म तीन घण्टा चक्काजाम गरिएको हो ।

पीडितपक्ष र स्थानीय प्रशासनबीच मृतकलाई सहिद घोषणा गर्नेबाहेक डेढ दर्जन घाईतेलाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछि चक्काजाम खुलाइएको बैठकमा सहभागी एसपी गणेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार असोज दोस्रो साता स्यालको टोकाइबाट गरुडा नगरपालिका ३ महमदपुरका शिक्षक बसन्त यादवको ज्यान जानुका साथै विभिन्न स्थानमा अन्य २५ जना घाइते भएका थिए ।