१९ कार्तिक २०८३, बिहिबार

स्क्रब टाइफस रोगको निशुल्क उपचारको माग गर्दै उच्च अदालतमा मुद्दा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

law-court-justice

बाँके, १८ कात्तिक । बाँकेमा पनि डेंगु र स्क्रब्स टाइफस रोगको संक्रमण बढ्दै गएको समाचार प्रकाशीत भए पछि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)का उप क्षेत्रीय प्रमुख मानव अधिकार अधिकृत आलम खानले सक्रमण तथा महामारी जसको रोकथाम जनचेतना औषधी उपचार व्यवस्था गराउने दायित्व राज्यको हो सो को लागि राज्य पक्षले कुनै आवश्यक कार्य हरु नगरेकोले उक्त विषय सार्वजनिक सरोकारको विषय भएको हुदा नेपालको सविधान २०७२ को धारा १४४(१), १४४(२) लाई टेकेर परमादेश आदेश गरी गरी पाँउ भनी उच्च अदालत तुसलीपुर इजलास नेपालगंजमा मुद्दा दर्ता गराउनु भएको छ ।

बाँके र बर्दिया जनस्वास्थ्य,उपमहानगरपालिका,नगरपालिका जिल्ला प्रशासन र जिल्ला विकास समितिहरुका बिरुद्ध मुद्दा दर्ता गराउनु भएको थर्ड एलायन्स नेपालगंजले जनाएको छ । । नेपालगन्जस्थित बिभिन्न अस्पतालहरुमा १०० जना भन्दा बढी स्क्रब्स टाइफस र डेंगुका बिरामीहरु उपचार गराई रहेको अस्पतालहरुले जनाएका छन् । ती मध्ये एक दर्जन जति डेंगुु संक्रमित रहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजद्धारा संचालित नेपालगन्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेंगु र स्क्रब्स टाइफस रोगका बिरामी पुगेका छन् । सो अस्पतालका डा. आसीम किदवाईका अनुसार हालसम्म अस्तालमा पुगेका बिरामीहरु मध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र ८ जनामा डेंगु भेटिएको बताउनु भयो । ती मध्ये अधिकांशलाई उपचार गरेर घर पठाईसकिएको बताउदै भन्नु भयो केही अवस्था नाजुक रहेकाले भारतको लखनऊ र काठमाण्डौ रिफर गरिएकोे बताउनु भयो ।

डेंगु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीहरु मध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका तथा अन्य कैलाली, सुर्खेत, दांग, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको डाक्टर केदवाईको भनाई थियो । भेरी अञ्चल अस्पतालमा पनि डेंगु र स्क्रब्स टाइफस रोगका बिरामीेहरुको उपचार भई रहेको बताउदै सुपरीटेण्डन डा.श्याम सुन्दर यादवले परिक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र बिभागमा माग गरिए पनि हाल सम्म मन्त्रालयले कुनै चासो नलिएकोले डेंगुु बढ्ने संकेत देखिएकाले समयमै सबैलाई सचेत हुन आग्रह पनि गर्नु भयो ।

नागरिकहरु लाई स्वास्थ्य सम्बन्धी हकबाट बञ्चित नगर्न नगराउन, नागरिकहरुमा उक्त डेगु र स्क्रबटाईफस रोगको बारेमा जनचेतना समेत को काम तत्तकाल गर्न , डेगु र स्क्रबटाईफस रोगको औषधी उपचार,परिक्षण को लागि पर्याप्त स्वाथ्य चौकीहरु मा पर्याप्त व्यवस्था गर्नु कानून बमोजिमको काम तत्काल गर्नु, गराउनु भनी नेपालको संविधान २)७२ को धारा १४४(१), १४४(२) र न्याय प्रशासन ऐन २०७३ को दफा ८(१) बमोजिम यि विपक्षीहरुका नाउँमा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनी बिहिबार मुद्दा दायर गरिएको छ । मुद्दाको सुनवाई शुक्रबार हुने भएको छ ।

मुद्दामा ९ जना कानुन व्यवसायीहरुले बहस गर्नु हुने थर्ड एलायन्सले जनाएको छ ।