१९ कार्तिक २०८३, बिहिबार

टोखामा सार्वजनिक स्थलमै युवतीको सामूहिक बलात्कार, एक पक्राउ

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-womenकाठमाडौं, १८ कात्तिक । राजधानीको टोखामा एक युवतीको सार्वजनिक स्थलमै सामूहिक बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जबरजस्ती करणी गरेको अभियोगमा कैलाली घोडाघोडी–६ घर भएका मनमैजु डेरा गरी बस्ने २० वर्षीय महेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

शाही र सोही ठाउँ डेरा गरी बस्ने २५ बर्षीय मन्दिप भन्ने व्यक्तिले बुधबार टोखा नगरपालिका–११ स्थित भत्केको पुल नजिकै सार्वजनिक स्थलमा मकवानपुर छतिवन–१ घर भई मनमैजु डेरा गरी बस्ने १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको बताइएको छ ।

फरार मन्दिप भन्ने व्यक्तिको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।