सुनसरी, १८ कात्तिक । ईटहरीमा होटेल साहुलाई गोली प्रहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोली प्रहार गरेको अभियोगमा भोजपुर नेपालडाँडा–९ बस्ने १७ बर्षीय हरि प्रसाद बिष्ट, उदयपुर त्रियुगा–२ बस्ने २७ बर्षीय प्रशान्त कार्की र मोरङ बिराटनगर–१७ बस्ने १६ बर्षीय अंकीत कुमारलाई प्रहरीले १ थान पेस्तोल, सोको म्यागजिन २ थान, गोली ५ राउण्ड, गोलीको सिसा ५ थान, गोलीको खोका ५ थान र छुरी १ थान सहित पक्राउ गरेको हो ।
ईटहरी उपमहानगरपालिका–२४ स्थित भोजपुरे होटलमा कात्तिक १६ गते भोजपुरे होटल एण्ड लजका संचालक ७१ बर्षीय जेबी राईको बायाँ छातिको साईडमा १ राउण्ड, कोखामा १ राउण्ड, कम्मर पेटी लाईनमा १ राउण्ड र सोही होटलमा बिगत २ महिना देखी काठको ब्याबसाय गर्ने धनकुटा चसुवा–५ बस्ने ५० बर्षीय तोर्ण बहादुर पौडलको पाखुरामा ३ राउड गोली प्रहार भएको थियो ।
घाइतेहरुलाई उपचारको लागी धरान घोपा पठाइएको थियो । घटनास्थलबाट प्रहरीले १ थान मोवाईल, सानो चाईनिज पेस्तोलको खोका ४ थान र सोको म्याग्जिन १ थान बरामद गरेको थियो । घटनापछि फरार व्यक्तिहरुको खोजतलास गर्नेक्रममा प्रहरीले उनीहरुलाई बुधबार उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया