काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा हुनलागेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेहरूलाई मोबाईल लैजान निषेध गरिएको छ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उपस्थितिको लागि गरेको निमन्त्रणा नै मोबाइल निषेध भनेर उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख रुद्रसिंह तामाङले सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रपतिको अभिनन्दन कार्यक्रममा मोबाइल निषेध गरिएको बताए ।
बिहीबार साँझ ४ बजे मुखर्जीलाई राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया