२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति नआउँदै पोखरामा यसरी भयो विरोध, सडकमा उत्रिए युवा

567k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gate-todfod-pokhara
युवाहरुको समूहले तोडफोड गरेको स्वागत गेट ।

पोखरा, १८ कात्तिक । तीन दिने नेपालमा भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअगावै यहाँ विरोध सुरु भएको छ । भारतीय राष्ट्रपति शुक्रबार पोखरा भ्रमणमा आउँदैछन् ।

नाकाबन्दी गरेर सारा नेपालीलाई दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै स्थानीय युवाहरुले बुधबार राति मुखर्जीको स्वागतार्थ पोखरामा बनाइएको स्वागत गेट तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार बुधबार राति युवाहरुको समूहले इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिदिएका हुन् । उनीहरुले गेटमा स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स र राष्ट्रपति मुखर्जीको फोटो च्यातेका छन् ।

यता प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । कास्कीका प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धी बज्राचार्यले गेटमा सामान्य च्यातिएको तर यो इन्टेनसनल्ली नभएको दाबी गरे । उनका अनुसार सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर प्रहरीले नयाँ फ्लेक्स लगाइसकेको छ ।

स्वागत गेटको सुरक्षाका लागि पोखरा सहरभरी अहिले प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् ।

तस्वीरः सुदर्शन रञ्जितबाट ।