काठमाडौं, १७ कात्तिक । राजधानीको ठमेलमा चिया खाने क्रममा पोर्चुगल नागरिकको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया खान आउने क्रममा बुधबार एक्कासी बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया