१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab-nanda

काठमाडौँ, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच आज साँझ शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीचमा भएको सो भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

भेटमा नेपालका तर्फबाट राष्ट्रपति मुखर्जीका सवारीमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा भारतका तर्फबाट भ्रमण दलमा रहनुभएका सदस्यको सहभागिता रहेको थियो ।

यसअघि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको थियो । रासस