१९ कार्तिक २०८३, बिहिबार

भारतीय राष्ट्रपति आउँदा प्रदर्शन गर्ने यी ६ जना, जो पक्राउ परे

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

greater-nepal
ग्रेटर नेपालको प्रदर्शन । (फाइल तस्वीर)

काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा प्रदर्शन गर्ने ग्रेटर नेपाल अभियानका अध्यक्ष फणीन्द्र नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालसहित राम खड्का र लोकराज जैशीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाहिरबाट, तीलक बोहरा र योगेश बराललाई बत्तिसपुतलीस्थित गोल्डेनगेट कलेज अगाडिबाट र शारदा भुसाललाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले जानकारी दिए ।

भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता ठकुरीले पक्राउ परेकाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।