१९ कार्तिक २०८३, बिहिबार

नुवाकोटमा भयानक दुर्घटना, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-1

त्रिशूली (नुवाकोट), १७ कात्तिक । नुवाकोटको देवीघाट–गल्छी सडकखण्डको रातमाटेको महादेवफाँटमा आज दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नं.को ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक फिकुरी–४ का ३६ वर्षीय पण्डितप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालीमा पल्टिएको थियो । रासस

accident