२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति बाहिरिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-airlines

काठमाडौं, १७ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० मिनेटपछि पुनः सूचारु भएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुग्दा विमानस्थल ५० मिनेटजति बन्द गरिएको थियो ।

एयर ट्राफिक कन्ट्रोलका अनुसार मुखर्जी बाहिरिएपछि विमानस्थल खुलाइएको र उडान तथा अवतरण सूचारु भएको छ ।

भारतीय राष्ट्रपतिको सुरक्षा र आवागमनलाई मध्यनजर गर्दै ५० मिनेटसम्म विमानस्थल पुरै बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय रुटका सबै विमानका उडान–अवतरण रोकिएको थियो भने यात्रुहरु मर्कामा परेका थिए ।