३१ आश्विन २०८३, शनिबार

जर्मनीका सर्वाधिक गोलकर्ता क्लोजद्वारा सन्यासको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

returns-to-german

काठमाडौं, १७ कात्तिक । जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल जीवनबाट सन्यास लिएका छन् ।

सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाएका थिए ।

अब क्लोज जर्मनीको कोचिङ स्टाफ बन्ने जनाइएको छ । उनलाई जर्मन टोलीका प्रशिक्षक जोचिम लोले आमन्त्रण गरिसकेका छन् ।

पोल्याण्डमा जन्मिएका क्लोलले जर्मनीबाट २००१ मा डेब्यू गरेका थिए । देशका लागि १३७ खेल खेलेका उनले २०१४ जुनमा गर्ड मुलुरको ६८ गोलको ४० वर्ष पुरानो रेकर्ड तोडेका थिए ।