काठमाडौं, १७ कात्तिक । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन् ।
नयाँदिल्लीमा बिहीबारबाट सुरु हुने विपत जोखिम न्यूनीकरणसम्बन्धी एसियाली देशहरूको सम्मेलनमा भाग लिन निधि मंगलबार राति दिल्ली पुगेका हुन् ।
कार्यक्रमको उद्घाटनमा भाग लिनेवित्तिकै निधि काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार निधि बिहीबार साँझ काठमाडौं फर्किने छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको समयमा निधि आफै सहभागी हुने जनाइएको छ ।











प्रतिक्रिया