२ मंसिर २०८३, बुधबार

चित्रबहादुर केसीले प्रणव मुखर्जीलाई नभेट्ने ! भ्रमणसँग वैद्य माओवादी पनि टाढै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India's Finance Minister Pranab Mukherjee reacts in New Delhiकाठमाडौं, १७ कात्तिक । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटका विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग तपाईको भेटघाट हुन्छ कि हुँदैन भन्ने दैनिक नेपाल डटकमको जिज्ञासामा अध्यक्ष केसीले भने, ‘म खोज्दै जाने कुरा भएन । सरोकारवाला निकायले अहिलेसम्म खबर गरेका छैनन् । भेट हुन्छ जस्तो लागेन ।’

सांसद समेत रहेका अध्यक्ष केसीले आफू बंगलादेशमा भएको एक कार्यक्रममा भाग लिन गएकाले पनि भारतीय राष्ट्रपतिका विषयमा धेरै चासो नराखेको बताए ।

मुखर्जीसँग औपचारिक कार्यक्रमका विषयमा कुनै जानकारी नभएको बताएका केसीले भने, ‘अरु अनौपचारिक कार्यक्रममा भेट भयो भने त्यसलाई पनि के को भेट भन्ने ?’

भारतीय राष्ट्रपति मुखर्जीसँग राजनीतिक दलका नेताहरूले भेट गर्ने जनाइए पनि स्पष्ट केही बताइएको छैन । मुखर्जीको राजकीय भ्रमण भएकाले पनि भेटवार्तालाई अत्यन्तै उच्चस्तरीय बनाइएको हुन सक्छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले पनि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई आफूहरूले कुनै महत्व नदिएको बताए । ‘यो भ्रमणका विषयमा हामीलाई कुनै चासो छैन’, प्रवक्ता कँडेलले भने, ‘राष्ट्रियताको आन्दोलनमा छौँ । भ्रमणलाई किन महत्व दिने ?’