लन्डन, १७ कात्तिक । एफसी रोस्टोभलाई २–१ गोलले पराजित गर्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनालाई ३–१ गोलले पराजित गरेपछि क्याटलान क्लब मंगलबार अन्तिम १६ मा प्रवेश गर्न सकेन् ।
एट्लेटिकोले आफ्नो स्टार फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजम्यानको निर्णायक दुई गोलको सहयोगले जीतलाई सहज तुल्यायो ।
ग्रेजम्यानले खेल सुरु भएको २८ र निर्धारित ९० मिनेटपछि थप गरिएको तीन मिनेटमा निर्णायक गोल गरेका थिए ।
रोस्टोभका लागि सरदार अजमाउनले ३० मिनेटमा गोल फर्काउदै स्पेनिस क्लबलाई हम्मे हम्मे पारेका थिए । – एजेन्सी















प्रतिक्रिया