१९ कार्तिक २०८३, बिहिबार

दिपावलीकै दिन इटहरीमा गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

सुनसरी, १६ कात्तिक । दीपावलीको रमझम चलिरहेको बेला सुनसरीमा सोमबार विहान गोली चल्दा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेशराज सुवेदीका अनुसार इटहरी उपमहानगरपालिका–२४ तरहराचोकस्थित भोजपुरे होटलमा बिहानै खाँदबारी बस्ने रवीन्द्र थापाले गोली चलाउँदा होटल सञ्चालक गंगामान राई र धनकुटाको चानुवा बस्ने तोर्ण पौडेल घाइते भएका हुन् ।

घाइते राई र पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा धरानमा उपचार भइरहेको छ ।

रातभर जुवा, तास खेल्ने क्रममा विवाद भएपछि गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । गोली प्रहार गरी फरार रहेका थापाको खोजी भइरहेको छ ।