१९ कार्तिक २०८३, बिहिबार

धुन्चेमा दुई घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago fireरसुवा, १६ कात्तिक । धुन्चे गाविस–४ भिमली गाउँमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।

स्थानीय आइतराम तामाङ र मसिनो तामाङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको खबर पाएलगत्तै लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको नारायण दलका गणपति प्रमुख सेनानी विक्रम गुरुङको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाउने कार्य गरिरहेको छ । रासस