काठमाडौं, १५ कात्तिक । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतका राष्ट्रपति प्रणव मुखर्जीले गर्न लागेको नेपाल भ्रमणको कार्यक्रम राष्ट्रहितविपरित भएको भन्दै विरोध गर्ने भएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको कार्यक्रम मुखैमा पुगेका बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विज्ञप्तीमार्फत उनको भ्रमण राष्ट्रिय हितमा नभएकोले उक्त भ्रमणको विरोध गर्ने जनाएको छ ।
भारतले नेपालको कालापानी, सुस्ता लगायतका क्षेत्रमा सैनिक क्याम्प खडागरी तर्साएको, लिपुलेकमाथि दाबी गर्न खोजेको, भूकम्पकै बेला नाकाबन्दी गरेको, सयौं स्थानमा सीमा अतिक्रमण गरेको, सीमा बाँधका कारण डुबानमा पारेको, दश गजा मिचेर नेपालमाथि आफ्नो रजाँइ गर्न खोजेको र नेपालको सार्वभौमसत्तामाथि नै गम्भीर प्रहार गर्ने क्रियाकलाप गरिरहेको आरोप लगाउदै मोर्चाले भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने जनाएको छ ।
मोर्चाले मुखर्जीको भ्रमणमा कस्तो खालको विरोध कार्यक्रम गर्ने भन्ने कुरा स्पष्ट पारेको छैन तर सबैलाई भ्रमणको खुलेर विरोध गर्न विज्ञप्ति मार्फत नैआग्रह गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेपालविरुद्ध गतिविधि गरिरहेको भारतीय सरकार अनि अन्तर्रा्ष्ट्रिय मञ्चमा अपमानजनक भाषा प्रयोग गर्ने भारतीय राष्ट्रपति मुखर्जीको हामीले स्वागत र सम्मान गर्नुपर्ने आवश्यकता छैन । उनलाई सम्मान गर्नु नेपालमाथिको अपमान हो । तसर्थ उनको भ्रमणलाई मसाल बालेर,कालो झण्डा देखाएर,साँझमा बत्ती निभाएर,जे जसरी हुन्छ देशव्यापी विरोध गरौं भनिएको छ ।
यस्तो छ विज्ञप्तिः












प्रतिक्रिया