
काभ्रे, १३ कात्तिक । जापानदेखि आएको एक समूह हिन्दू धर्म र विशेषगरी लक्ष्मीपूजाबारे जान्न धुलिखेलमा भेला भएका छन् ।
नेपालको धर्म संस्कृति र रितीरिवाजसँग सामिप्यता दर्शाउन जापानी नागरिकको समूह नेपाल आएको हो । नेपालका विभिन्न धार्मिकस्थलमा पूजाआजापछि टोली धुलिखेल पुगेर विधिवत रुपमा लक्ष्मीपूजा गर्न जुटेको छ ।
मञ्जुसत्यका नामले चिनिने जापानका धर्मगुरु आरदा आयातोषीको नेतृत्वमा नेपाल आएको टोली आइतबारसम्म धुलिखेलमा बसेर विधिविधानसहित लक्ष्मीपूजामा सरिक भएका छन् । उनीहरुसँगै नेपालका १३ जना ब्राम्हण पनि पूजामा सहभागी छन् ।
नेपाल लगायत विश्वका विभिन्न देश पुगेर धर्मसँस्कारबारे अध्ययन गर्ने यो समूह सन् २००७ देखि हरेक वर्ष नेपाल आएर यहाँको धर्मसँस्कृतिसँग घुलमिल हुने गरेको छ ।
समूहको नेतृत्वकर्ता आयातोषीले केही समय संयुक्त राष्ट्रसंघको शान्तिदूतका रुपमा समेत काम गरिसकेका छन् ।
धार्मिक सहिष्णुता निर्माण गर्न र संस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
फोटो सौजन्यः साझा पेज ।















प्रतिक्रिया