१९ कार्तिक २०८३, बिहिबार

सिरहामा एक्टिभ जर्नालिष्ट नेटवर्क गठन, अध्यक्षमा सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilip-singhसिरहा, १४ कात्तिक । सिरहा जिल्लामा सकृय रुपमा पत्रकारितामा आवद्ध रहेका पत्रकारहरुले एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहा नामक संगठन निर्माण गरेका छन् ।

कार्तिक १२ र १३ गते दुई दिनको लगातारको बैठकमा विचार विमर्स गरी कृयाशिल पत्रकारहरुले उक्त संगठन घोषणा गरेका हुन् । नेटवर्कको संयोजकमा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार दिलीप सिंहलाई तोकिएको छ भने बाँकी सवै सदस्य रहने भनिएको छ ।

प्रेस स्वतन्त्रता माथि आँच पु¥याउँने तथा पत्रकारहरु माथि हुने अवाञ्छित भौतिक, मानसिक तथा नैतिक हमलाहरुको संगठित रुपमा प्रतिरोध गर्ने मुख्य उद्देश्य राखि संगठन निर्माण गरिएको छ । त्यसैगरी व्यावसायीक पत्रकारिताको विकास, पत्रकारहरुको क्षमता अभिवृद्धि र विचार तथा शिपको आदान प्रदान गर्ने उद्देश्य पनि संगठनले लिएको जनाईएको छ ।

नेटवर्कमा पत्रकारहरु अर्जुन थपलिया, संतोष यादव, मिथिलेश यादव, रामानन्द गुप्ता, बद्री नारायण यादव, अग्रज पत्रकार अनिरुद्ध ठाकुर, दुर्गा परियार, शुभ नारायण कामती, दिलीप सहनी, देव नारायण साह, फिरोज शेष, दिनेश देव, राजेश विद्रोही, राज कुमार राउत, जीवछ चौधरी, र रामभरोसी महतो आवद्ध भएका छन् ।
नेटवर्कका संयोजक पत्रकार दिलीप सिंहले यो नेटवर्क खुला रहने र जो सुकै सकृय पत्रकार पनि यसको सदस्य बन्नलाई योग्य मानिने बताए ।

स्वतन्त्र प्रेस माथि अंकुश लगाउने बदनीयतका साथ बदलाको कारवाही गरिएको ठहर

एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहाले आज एक प्रेस विज्ञप्ती जारी गरी कान्तिपुरकर्मी पत्रकार देव नारायण साहलाई चेलीवेटी बेचविखनमा संलग्न भन्दै प्रहरीले पक्राउ गरी कागज गराई जमानीमा छाडेको घटना उनी प्रति बदलाको कारवाही भएको र स्वतन्त्र प्रेस माथि अंकुश लगाउने बदनीयत राखेर गरिएको ठहर गरेको छ ।

प्रहरीको बदनीयतपूर्ण र विपक्षमा समाचार लेखेको कारण प्रतिशोध लिने कार्य प्रति नेटवर्कको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निष्पक्ष छानविन गरी सत्थतथ्य बाहिर ल्याउन र पत्रकार साह माथि गरिएको अनुचित व्यवहारका लागि दोषी प्रहरी उपर कारवाही गर्न जोडदार माग गरिएको छ ।

पत्रकारहरुले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ निर्दोष पत्रकार देव नारायण साहलाई समाचार संकलन गर्न जाँदा पक्राउ गरी झुठा मुद्दामा फसाउन खोज्दा उनको संरक्षणका लागि पहलकदमी गर्नुपर्ने ठाउँमा उल्टै पत्रकार विरुद्ध फेसवुक स्टाटसमा अनर्गल प्रचार गरेको घटनाले नेपाल पत्रकार महासंघ सिरहा शाखा आफ्नो न्यूनतम कर्तव्यवाट पनि च्यूत भएको छ ।

पे्रस विज्ञप्तीमा हस्ताक्षर गर्ने पत्रकारहरुमा नयाँ पत्रिकाकर्मी दिलीप सिंह, अनुकल्प दैनिकका अर्जुन थपलिया, राससका संतोष यादव, नागरिककर्मी मिथिलेश यादव, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रामानन्द गुप्ता, पत्रकार बद्री नारायण यादव, अग्रज पत्रकार अनिरुद्ध ठाकुर, दुर्गा परियार, शुभ नारायण कामती, दिलीप सहनी, देव नारायण साह, फिरोज शेष, प्रेस स्वतन्त्रता सेनानी दिनेश देव, नेपाल पत्रकार महासंघ सदस्य राजेश विद्रोही, कान्तीपुरकर्मी राज कुमार राउत, सामुदायिक सुचना नेटवर्कका पूर्व केन्द्रीय सदस्य जीवछ चौधरी, र प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष रामभरोसी महतो रहेका छन् ।