१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति मुखर्जीको सवारी मन्त्रीको जिम्मेवारी मन्त्री शाहीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeevan-sahi-1

काठमाडौं, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको उच्चस्तरीय राजनीतिक भ्रमणमा आउँन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारी मन्त्रीको रुपमा मन्त्रिपरिषद्‌ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीलाई तोकेको छ ।

उच्चस्तरीय राजनीतिक भ्रमणको बेला सवारी मन्त्री तोक्ने परम्परा धेरै पहिले देखि हुँदै आएको र यो अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास समेत भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सवारी मन्त्री शाही राष्ट्रपति मुखर्जी नेपालमा रहुञ्जेल साथै रहेर विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा समेत सँगै रहनेछन्‌ ।

सवारी मन्त्रीले नेपाल भ्रमणमा आएका पाहुनालाई जाने ठाउँमा अगाडि लागेर बाटो देखाउने काम गर्नुपर्छ । सवारी मन्त्रीसँग शिष्टाचार ज्ञान समेत हुनुपर्छ । त्यसैले मन्त्री शाहीलाई उक्त जिम्मेवारी तोकिएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

कार्तिक १७ गते नेपाल भ्रमणमा आउँन लागेका राष्ट्रपति मुखर्जीको सवारी मन्त्री शाहीले उनको भ्रमण तालिका अनुसार जाने भनिएको ठाउँ जनकपुर र पोखराको स्थलगत अनुगमन गरेर तयारी पुरा गर्न निर्देशन दिएका थिए भने भर्खरै मात्र पुनःनिरिक्षणमा जनकपुर र पोखरा गएका मन्त्री शाहीले तयारी पुरा भएको बताएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उच्चस्तरीय भ्रमणको बेला सवारी मन्त्रीको रुपमा रहेका मिनेन्द्र रिजालले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी मोदीलाई स्वागत गर्ने बेलामा पाखुरामा समातेर तानेपछि शिष्टाचार ज्ञान नभएको भन्दै चर्को आलोचना भएको थियो ।