काठमाडौं, १३ कात्तिक । राजधानीको ठमेलमा चाइनिज नोटले भरिएको वेवारिसे सेफ भेटिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित फोहर फालेको कार्टुनमा प्लाष्टिकको बोराभित्र फलामको पैसा राख्ने सेफ लुकाई छिपाई बेबारिसे राखेको अवस्थामा शनिबार फेला परेको छ ।
स्थानियको रोहवरमा प्रहरीले उक्त सेफको ताला फोडी हेर्दा नगद ८० हजार चाइनिज येन फेला परेको छ ।
नगद सहितको सेफ महानगरीय प्रहरी बृत्त लैनचौरमा राखी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया