३१ आश्विन २०८३, शनिबार

नेपाल प्रहरीका पूर्व डीएसपी श्रेष्ठ बने बेलायती लेबर पार्टीको नेता

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shivaji-shresta
लण्डन, १३ कात्तिक । संयुक्त अधिराज्य बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीको स्थानीय कार्यसमितिमा नेपाली मुलका शिवजी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) समेत रहनुभएका श्रेष्ठ भर्खरै सम्पन्न बेजिंगस्टोक लेबोर पार्टीको अधिबेशनबाट कार्यसमितिमा अल्पसंख्यक इथ्निकको प्रमुखको रुपमा पुनः निर्वाचित हुनुभएको हो ।

श्रेष्ठले यसअघि पार्टीको स्थानीय निर्वाचनको उम्मेदवार छनौट समितिमा बसेर काम गरिसकेका छन् ।

बेलायतमा आप्रवासीको बढदो आगमनसंगै बेलायती राजनीतिमा उनीहरुको उपस्थिति पनि बढ्दो छ । बेलायती सरकारमा आप्रवासीहरुको उपस्थिति त छदैछ, लण्डनको प्रभावशाली मेयर तथा स्थानीय काउन्सिलमा पनि राम्रो उपस्थिति देखिइसकेको छ । यसबाट नेपाली समुदाय पनि टाढा छैनन्, नेपालीहरुले काउन्सिलर, उपमेयर हुँदै मेयर समेत भैसकेका छन् ।

साथै हाल आएर पार्टीको नीति निर्माण गर्ने कार्यसमितिमा पनि उपस्थिति देखिन थालेको छ । यसैक्रममा नेपाल प्रहरीका पूर्व डीएसपी श्रेष्ठ पनि विपक्षी दलको नेता बनेका हुन् ।