महेन्द्रनगर, १३ कात्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको एक युवा क्लबले खेलाडीहरुलाई सम्मान गरेको छ ।
बेल्डाँडी नगरपालिका १ चन्दनबस्तीमा रहेको टाईगर युवा क्लबले शनिबार महेन्द्रनगरमा फुटबल खेलाडीलाई सम्मान गरेको हो । खेलाडीहरुको हौसलाका लागि सम्मान गरिएको उक्त क्लबले जनाएको छ । खेलाडीहरुलाई टिका, माला खादा ओढाएर सम्मान गरेको छ । सम्मान कार्यक्रममा टाईगर युवा क्लबलका सचिव लोक बहादुर बलायरले फुटबल क्षेत्रको ऐतिहासबारे खेलाडीहरुलाई जानकारी दिँदै फुटबलका महारथी पेलेले फुटबलका लागि गरेको संघर्षतर्फ उन्मुख हुन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अथिति समेत रहेको पूर्व फुटबल खेलाडी तथा मालिकार्जुन कृषि सहकारी संस्थाका अध्यक्ष सिद्धराज सोतीले खेल क्षेत्र निकै अनुसाशित, लगनशिल, नियमिता दिन सके मात्रै उक्त खेलाडीको बृद्धि विकास हुनेमा जोड दिए । खेलाडीहरुको विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए ।
सम्मान कार्यक्रमका सभापति तथा टाईगर युवा क्लबका अध्यक्ष एकेन्द्र शाहले खेलाडीहरुले अझैपनि खेल क्षेत्रको विकासका लागि मेहनत गर्नुपर्नेमा जोडदिदै आगामी दिनहरुमा समेत खेलाडीहरुको क्षमता विस्तारका लागि क्बलले कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा टाईगर युवा क्लबका टिम क्याप्टेन धन बहादुर महताले खेलाडीहरुको सम्मानले हौसला प्रदान भएको भन्दै आत्मबल प्रदान भएको प्रतिकृया दिएका छन् । अन्य खेलाडीहरुले समेत सम्मानले खेल क्षेत्रको सम्मान भएको महसुुस गरेका छन् ।
















प्रतिक्रिया