भैरहवा, कार्तिक १३ । सिद्धार्थ साहित्य परिषद भैरहवाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ती भब्य रुपमा मनाउनेगरी तयारी थालेको छ ।
नेपाली साहित्यका धरोहर महाकवि देवकोटाको सम्मानमा परिषदले हरेक वर्ष जस्तै देवकोटा जयन्तीमा विशेष कार्यक्रम पनि गर्ने तयारी थालेको छ ।
देवकोटा जयन्ती मनाउने सन्दर्भमा परिषदको शनिबार बैठक सम्पन्न भएको छ । परिषदका अध्यक्ष डिल्लीराज भट्टाराईको अध्यक्षता एवं सल्लाहकारहरु मणीराम भट्टराई र भरत कुमार पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको परिषदका सचिव नरेश केसीले जानकारी दिए ।
बैठकले कार्तिक २७ गते भैरहवाको देवकोटा चौंकमा महाकविको पूर्ण कदको शालिक स्थापना गरी प्रतिसथापन गर्ने पनि तयारी थालेको छ । यसैगरी बैठकले परिषदका उपाध्यक्ष रामबहादुर श्रेष्ठ संयोजक रहेको देवकोटा जयन्ती व्यवस्थापन उपसमिती गठन गरेको छ । सोही बैठकले बरिष्ठ साहित्यकार बालकृष्ण भट्टाराईको संयोजकत्वमा, परिषदका अध्यक्ष डिल्लीराज भट्टाराई र कोषाध्यक्ष सिता काफ्ले सदस्य रहेको मूल्यांकन समिती चयन गरेको छ ।
यसैगरी बैठकले देवकोटा चौंकमा प्रतिस्थापन गर्न थालिएको महाकविको पुर्ण कदको शालिक निर्माणमा सहयोग गर्न चाहने दाता एवं सहयोगीहरुलाई पनि अपील गरेको छ । महाकवि देवकोटा १९६६ साल कार्तिक २७ गते जन्मीएका थिए ।













प्रतिक्रिया