३१ आश्विन २०८३, शनिबार

लेसु खोलालाई भुजी लिगको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3काठमाडौं, १३ कात्तिक । रामेछाप भुजीको लेसु खोला लघु जलविद्युत् आयोजनाले जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको बेथलेहेम युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै लेसु खोलाले उपाधि पक्का बनाएको हो ।

भुजी खेलमैदानमा भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै लेसु खोलाले उपाधि पक्का बनाएको हो । उसको जितमा सुरेश खत्रीले दुई तथा अमित लामाले एक गोल गरे । बेथलेहेमले खेल सुरु भएको तेस्रो मिनेटमै १–० को अग्रता बनाएको थियो ।

सुनिल लामाले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए । त्यसपछि खेलको ११ औं मिनेटमै सुवास सुनुवारले बेथलेहेमलाई २–० ले अघि राखे ।

त्यसपछि समालिएको लेसु खोला खेलमा फर्कंदै उपाधि नै चुम्न सफल भयो । लेसु खोलाले २५ औं मिनेटमा पहिलो गोल फर्काएको थियो ।

अमित लामाले टोलीलाई १–२ को अवस्थामा पु-याए । खेलको दोस्रो हाफमा सुरेश खत्रीले लगातार दुई गोल गरेपछि लेसु खोला विजयी बन्यो ।

खेलको ४६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई २–२ को बराबरीमा फर्काएका सुरेशले ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लेसु खोलालाई भुजी लिगको नयाँ विजेता बनाए ।

उपाधिसहित लेसु खोलाले ५१ हजार पाँच सय रुपैयाँ प्राप्त ग-यो भने बेथलेहेमले २५ हजार भेट्यो । शुक्रबार नै भएको खेलमा प्रीतिको मिलनचोक युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै तेस्रो स्थान हातपारेको ओखलढुंगा खिँजीको पवित्र युथ क्लबले १३ हजार पाँच सय रुपैयाँ प्राप्त ग-यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णाय लिइएको थियो । प्रतियोगितामा विभिन्न २४ टोली सहभागी थिए ।