१९ कार्तिक २०८३, बिहिबार

‘एसएबी’मा यसरी सम्झना गरियो लक्ष्मीप्रसाद देवकोटाको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sablaxmi1काठमाडौं, १३ कात्तिक । एसएबी पब्लिक स्कुल मैतीदेवी घट्टेकुलोले डिल्लीबजार रोटरी क्लब तथा डिल्लीबजार रोट्रयाक्ट क्लवको संयुक्त आयोजनामा नेपाली साहित्यका शिखरपुरुष लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट साहित्यकार एवम् कविहरूबाट कवितावाचन, नेपाली परम्परा उजागर गर्ने देउसी भैलो कार्यक्रम समेत भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा प्याब्सनका विभिन्न पदाधिकारीहरु, डिल्लीबजार रोटरी क्लबका पदाधिकारीहरु, समाजसेवीहरुको, साहित्यकारहरुको उलेख्य उपस्थिति रहेको थियो ।

उल्लासमय साहित्यिक माहौलमा साहित्यकार लक्ष्मण गामनामे, चट्याङ्मास्टर, ज्ञानुवाकर पौडेल, इन्दु अंशु, पुण्य प्रसाद आचार्य, केशव अर्याल, शैलेन्द्र प्रसाद सिग्देल लगायतले कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रममा देवकोटाको कृति, व्यक्तित्व एवम् साहत्यिक योगदानबारे चर्चा भएको थियो । डिल्लीबजार रोट्रयाक्ट क्लवबाट प्रस्तुत गरिएको देउसी भैलो कार्यक्रमले नेपाली संस्कृतिको सजीव रुप प्रस्तुत गरेको थियो ।

झलमल बत्ती र फूलहरूको पर्व तिहारलाई एसएबी पब्लिक स्कुलका विद्यार्थीले आफ्नो नृत्यमा उतारेका थिए । विद्यालयका एवम् प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले साहित्यक सर्जक एवम् स्रष्टाप्रतिको सम्मान र परम्परा र संस्कारको विकास यस कार्यक्रमको मूल अभिष्ट रहेको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति उप्रेतीले देवकोटा नेपाली शिक्षा र साहित्यका जग रहेको बताउनुभयो ।