काठमाडौं, १३ कात्तिक । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा आज नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगंजमा समेत नेपाल प्रहरीमा सेवारत कुकुरहरुको पूजा गरि मनाइएको छ ।
त्यसक्रममा नेपाल प्रहरीका उच्च अधिकारी, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थिती थियो । आज्ञाकारी कुकुरको पूजा दृश्यले सबैलाई आकर्षित गरेको थियो ।
नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

नेपाल प्रहरीमा विक्रम संवत २०२६ सालबाट कुकुरहरुको प्रयोग प्रारम्भ भएको हो । प्रारम्भिक दिनमा नेपाल प्रहरीका केहि प्रहरी कर्मचारीहरुलाई मलेसिया पठाई प्रशिक्षण प्रदान गरि सोही मुलुकबाट चार वटा तालिम प्राप्त कुकुरहरु ल्याएर यो सेवा शुरुवात भएको हो ।
विक्रम संवत २०३२ सालमा १० जना प्रहरी कर्मचारीसहित प्रहरी कुकुर शाखाको स्थापना भएको हो ।
नेपाल प्रहरीमा कुकुरको प्रयोग र केहि चर्चित अनुसन्धानका लागि जानकारी दिन कुकुर तालिम विद्यालय समेत सञ्चालनमा छ ।



















प्रतिक्रिया