१९ कार्तिक २०८३, बिहिबार

स्टाफ नर्स नहुँदा गर्भपतन सेवा प्रभावित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– मोहन विष्ट

कञ्चनपुर, १३ कात्तिक । कञ्चनपुरको देखतभूली गाविस १ चाँन्देवमा रहेको सामुदायिक पारिवारिक स्वास्थ्य क्लिनिकमा स्टाफ नर्स नहुँदा गर्भपतन सेवा प्रभावित भएको छ ।

स्वास्थ्य क्लिनिकले परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन गराउने अनुमती पत्र पाएसकेपनी स्टाफ नर्स व्यवस्थापन गर्न नसक्दा गर्भपतन सेवा प्रभावित भएको हो । कानूनले १२ हप्तासम्मको सुरक्षित गर्भपतन गराउन सक्ने व्यवस्था भएपनि गर्भपतन गराउने जनशक्ति नहुँदा सो क्षेत्रका महिलाहरुलाई समस्या भएको छ ।

२०३५ सालमा स्थापना भएको उक्त पारिवारिक स्वास्थ्य क्लिनिकमा हाल अस्थायी सेवामात्रै संचालनमा रहेका छन् । नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका प्रमुख शिबराज सिह बलायरले अनुमति पाएको वर्षदिन भईसक्दा पनि नेपाल परिवार नियोजन संघ केन्द्रले जनशक्ति दिन नसक्दा सेवा प्रभावित भएको बताए ।

उनका अनुसार गर्भपतनका लागि तालिम प्राप्त स्टाफ नर्सलाई मात्रै अधिकार हुन्छ ।

शाखा प्रमुख बलायरले क्लिनिकमार्फत हाल परिवार नियोजनसम्बन्धी सेवाका साथै प्राथामिक उपचारका सेवा समेत प्रदान भइरहेको बताए ।

उनका अनुसार कण्डम, पिल्स, डिपो, इम्प्लान्ट, आईसिडिओ लगायतका सेवाहरु संचालनमा छन् । दैनिक ३० देखि ४० सेवाग्राहीहरु आउने गरेका छन् ।