३१ आश्विन २०८३, शनिबार

नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १३ कात्तिक । पूर्वनेपाली तेक्वान्दो खेलाडी र प्रशिक्षकहरुको सङ्गठनले नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप सन् २०१७ मा काठमाडौंमा गर्ने भएको छ ।

सो सङ्गठन युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसनसँग आबद्ध छ । पोर्टल्याण्ड ओरेगनमा भएको दोस्रो साधारणसभाले सो खेलको उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति र फेडरेसनको विकासमा योगदान दिने एक जनालाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

सभामा फेडरेसनका सक्रिय सदस्य जगनलाल श्रेष्ठलाई फेडरेसनको विकासमा योगदान गरेबापत राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र फेडरेसनका अध्यक्ष राजकुमार राईले सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा हालै ब्राजिलमा भएको ओलम्पिक खेलमा राम्रो प्रदर्शन गरेकी निशा रावललाई एक हजार डलर र प्रमाणपत्र प्रदान गरिएको थियो । रासस