१९ कार्तिक २०८३, बिहिबार

पूर्व राज्यमन्त्री चौधरीको पुस्तक सार्वजनिक

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pustakउदयपुर १२ कात्तिक । पूर्व सहरी विकास राज्य मन्त्री एवंम एमाले सांसद मन्जुकुमारी चौधरीले आफ्नो पुस्तक सार्वजानिक गरेकी छिन् ।

शुक्रबार सदरमुकाम गाईघाटमा नेपालीहरुको महान चाड शुभदिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै पुस्तक सार्वजानिका गरेकी हुन् ।

४५ पुष्ठ लामो पुस्तकमा सांसद चौधरीले “संबिधानसभा सदस्यदेखि व्यवस्थापिका संसद सदस्यसम्म मेरो भुमिका” शिर्षकमा आफ्ना अनुभूतीलाई समेटेकि छिन् । उदयपुर क्षेत्रनं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी चौधरीले पुस्तकमा जिल्लाको बिकास निर्माणमा आफुले खेलेको भुमिकालाईसमेत समेटेकिछिन् ।

पुस्तकमा जनजीविका र राष्ट्रियताका सवालमा आफुले जनतालाई शिरमा राखेर काम गरेको बताएकी छिन् । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको कार्यकारी पद प्रधानमन्त्री सम्हालेपछि मुलुकको विकासका लागि खेलेको भुमिकालाईसमेत संक्षेपमा समेटेकी छन् ।

पुस्तकमा आफु सहरी विकास राज्य मन्त्रीको जिम्वेवारीमा रहदा जिल्लामा सञ्चालन भएका गौरवशाली योजनाअन्र्तगत १५ सय क्षमता रहेको ३० करोड लागतको सुबिधासम्पन्न सिटीहल, आ.व. ०७३÷७४ मा खर्च हुने गरी ४ करोडको लागतमा पहिचान सहितको सहरको अवधारणा र योजना सुरु गरिएको समेटिएको छ ।

त्यस्तै मन्त्रालयको वहुबर्षिय कार्यक्रमअन्र्तगत जलजले–भाण्टावारी–खाटमन्दिर–शाहिखोला–राजाबास–वैरेनी सडक, लम्मिपुर–पोर्ताह–वेहडवा सडक र कृषिबजार त्रियुगा नगरपालिका ४ को स्तरोन्नती कार्यक्रम राखिएको बताइएको छ ।

यसकासाथै मुलुका १६ वटा सहरमा सञ्चालन गरिएको नयाँ नमुना सहर, त्रियुगा नगरपालिका क्षेत्रमा १ करोड ९० लाखको बसपार्क, त्रिनपा ७ मा रहेको त्रियुगा वसपार्कका लागि १ करोड ५० लाख, वरुवा बसपार्कका लागि ४० लाख, एक निर्वाचन क्षेत्र एक सडकको अवधारणाअन्र्तगत ५ करोड १० लाखको लागतमा माझखर्क–जाँते–लाफागाउँ–रसुवाघाट निर्माण कार्य सम्पन्न हुने लागेको बताइएको छ ।

त्यसैगरी ठुला तथा साना नदी नालाबाट पीडित बनेका उदयपुरबासीका लागि त्रियुगा र बसपार्क नदी नियन्त्रणका लागि १ करोड २५ लाख रुपैँया र २ नंम्बर निर्वाचन क्षेत्र भित्र रहेका १० गाबिसलाई जोडन यथोचित वजेटको व्यवस्था गरिएको उनले जानकारी दिईन ।
सो अवसरमा निर्वाचन क्षेत्र विकास पुर्वाधार विशेष कार्यक्रमअन्र्गतका योजना र वजेटका बारेमासमेत जानकारी दिइएको थियो । पुस्तकमा केन्द्र, राष्ट्रिय र स्थानीय स्तरमा समावेश भएका योजना तथा राष्ट्रि««य योजना आयोगमा सिफारिस भएका योजनाहरु समेटिएका छन् ।

कार्यक्रममा बोल्दै सांसद चौधरीले जिल्लाको बिकासका लागि आफुले सकेसम्मको पहल गरेको बताईन । जिल्लाको बिकासका लागि ५० करोडको हाराहारीमा वजेट विनियोजन गरेको बताउँदै सांसद चौधरीले आफु मन्त्री नरहँदासमेत संसदको हैसियतबाट थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले लेखा आयोगका सचिब बिष्णुबहादुर राउतले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान कार्कीले विधी र विधानको वर्खिलाप गरी समानान्तर सरकार चलाउन खोजेको आरोप लगाए ।

उनले जनताको वलिदानबाट प्राप्त भएको लोकतन्त्र र गणतन्त्र संस्थागत विकास गर्नेबेलामा कार्कीले समाप्त पार्न खोजेपछि दलहरु एक ठाउँमा उभिएर उनीविरुद्ध यस्तो कदम चाल्न बाध्य भएको बताए । सचिब राउतले केपी ओली नेतृत्वको सरकार भारतीय चलखेलका कारण नै ढलेको बताए । उनले चाइनासँग सम्झौता गर्दा नेपाल अव भारतसँग नरहने निष्र्कषकासाथ सत्ता साझेदार एमाओबादी, नेपाली काँग्रेस र मधेसी मोर्चालाई उचालेको आरोप लगाए ।