१९ कार्तिक २०८३, बिहिबार

नुवाकोटको सैन्य तालिम केन्द्र पुगे प्रधानसेनापति क्षत्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-chettri

काठमाडौं, १२ कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नुवाकोटको त्रिशुलीस्थित सैन्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुभएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति क्षत्रीले तालिम केन्द्रमा निर्माण भएको नवनिर्मित भवनको समुद्घाटन गर्नुको साथै महा–भूकम्प २०७२ ले क्षति पुर्याई पुनः निर्माणाधिन भौतिक संरचनाहरुको समेत निरीक्षण गर्नु भएको थियो ।

सोही अवसरमा उहाँले उक्त सैन्य तालिम केन्द्रमा तालिमरत सैन्य लगायत सम्पूर्ण सकलदर्जालाई सम्बोधन गर्नु हुँदै आधारभूत तालिम नै सैनिक जीवनको प्रमुख एवम् महत्वपूर्ण जग भएकोले निस्वार्थ सेवा भावले अभिप्रेरित भई अनुसासित, लगनशिल र ईमान्दारीताका साथ तालिममा खट्टिएका शिक्षकहरुले सिकाउन र शिक्षार्थीहरुले शिक्षकद्वारा सिकाईएका विषयहरुलाई चाख लिएर सिक्न निर्देशन दिनु भएको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आज अपरान्ह काठमाण्डौ फिर्ता हुनु भएको छ ।