काठमाडौं, १२ कात्तिक । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङलाई नियुक्त गरेको छ ।
राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । राजदूतमा यू होङ आगामी नोभेम्बर ७ तारिख अर्थात कात्तिक २२ गते काठमाडौं आइपुग्ने चीन नजिकका पत्रकार किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
उनले भनेका छन्– ‘नेपालको निम्ति नियुक्त १९ जना चिनियाँ राजदूतमध्ये संभवतः प्रथम महिला राजदूत यु होंग बेइजिंगबाट सोझै नआई बाटोमा साथीभाई भेट्दै नोभेम्बर ७ तारिखको दिन थाइल्याण्डको बैंकक रुट भएर आउने जानकारी ।’
बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार एसिया मामिलामा दख्खल राख्ने ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू होङ यसअघि इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत कार्यरत थिइन् ।
नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला रहेका बेला चीनले महिला राजदूत पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपालमा हाल अमेरिकी राजदूत पनि महिला नै छिन् ।
















प्रतिक्रिया