१ मंसिर २०८३, मंगलबार

भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन युवा संघको माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajip-pahari-mygadhi

म्याग्दी, १२ कात्तिक । युवा संघ नेपालका अध्यक्ष राजीब पहारीले छिमेकी देशका राष्ट्रप्रमुख भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन सरकारसंग माग गर्नुभएको छ ।

युवा संघ म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले यस्तो निर्णयले राष्ट्रको प्रतिष्ठा र स्वाभिमान घटाउने तथा गलत नजिर स्थापित गर्ने भएकाले सच्चाउन माग गर्नुभयो । सरकारले बुधबार भारतीय राष्ट्रपति र चीनका प्रधानमन्त्री भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते भ्रमणमा आउँदा संगै चार सय कमाण्डो सुरक्षाकर्मी ल्याएर नेपालमा रवाफ देखाउन खोजेको टिप्पणी गर्नुभयो । अध्यक्ष पहारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जसरी पनि पारित गर्नुपर्ने बताउनुभयो ।

– सन्तोष गौतमबाट