घोराही, ११ कात्तिक । दाङको तुलसीपुरमा होटलको छतबाट हाम फाल्दा एक युवतीको मृत्यु भएको छ ।
तुलसीपुर ग्रीन हाउस होटलमा प्रहरीले छापा मार्दा सोही होटलको छतबाट हाम फाल्दा फुलवारी निवासी १९ वर्षीय पुनम कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
हिजो तुलसीपुरमा भएको लुटपाटको घटनाको अनुसन्धानको शिलशिलामा प्रहरी छापा हान्न होटेल पुगेको थियो । छतबाट हाम फालेर घाइते भएकी कार्कीको उपचारका क्रममा राप्ति अचल अस्पतालमा मृत्युु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डीएसपी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।












प्रतिक्रिया