१९ कार्तिक २०८३, बिहिबार

बिएलएलबी द्वितीय वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-Logo-ktmकाठमाडौँ, ११ कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७३ साल बैशाख र जेठ महिनामा सञ्चालित विज्ञानतर्फ (चार बर्षेतर्फको) बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com  मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । रासस