काठमाडौं, ११ कात्तिक । मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर आङमाङका ३९ वर्षीय छत्रबहादुर विश्वकर्मा रहेका छन् । उनी भारतको दिल्लीस्थित द्धारका मोडमा बस्दै आएका थिए ।
उनले विभिन्न बहाना तथा प्रलोभन देखाई नेपालबाट दिल्ली हुँदै कुवेत, ओमन, कुर्दिस्तान लगायतका देशमा महिला बेचबिखन तथा ओसारपसार गर्दे आएका गरेका थिए ।
प्रहरीले उनलाई पीडितले दिएको उजुरीका आधारमा बुधबार दिउँसो ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।
उनी १५ वर्षदेखि मानव बेचविखन तथा ओसारपसार कार्यमा संलग्न रहेका र विभिन्न ४ जनाबाट क्यानडा पठाइदिन्छु भनी ठगेर ६० लाख भन्दा बढी रकम पनि लिएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको नाममा जारी भएको राहदानी १० थान, एटीएम ८ थान, नगद रु १ लाख २९ हजारसहित विभिन्न अन्य सामानहरु बरामद गरेको छ ।












प्रतिक्रिया