भैरहवा, ११ कात्तिक । नेपाल सरकारले बेरोजगार तर प्रतिभावाल युवालाई लक्षित गरी मुलुकको विभिन्न शहरमा आइटी सेन्टर सन्चालमा ल्याउने तयारी गरेको सरकार प्रवक्ता तथा सूचना एवं सन्चारमन्त्री सुरेन्द्र कुमार कार्कि (राम) ले जनाएका छन् ।
लुम्बिनी प्रेस क्लब भैरहवाले विहीबार भैरहवामा आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री कार्किले देशमा प्रतिभावान युवाहरु विपन्न भएकै कारण आइटी शिक्षा लिन नसकेको बताए । उनले भने– ‘देशमा हजारौं युवाहरु गरीबि र विपन्नताकै कारण आइटी शिक्षा लिन सकेका छैनन् । तिनीहरुलाई मध्यनजर गर्र्दै सरकारले मुलुकको ठाऊ ठाऊमा निशुल्क रुपमा सेवा प्रदान गर्नेगरी आइटी सेन्टर सन्चालन गर्ने तयारी गरेको छ ।’
मन्त्री कार्कीले त्यसको थालनी रुपन्देहीबाट गर्न थालिएको जनाउदैं नेपाल टेलिकम क्षेत्रीय कार्यालय पडसरीको सहयोगमा यस क्षेत्रमा सो सेन्टर खोलिने पनि जनाऊ दिए ।
लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईको अध्यक्षता, महासचिब नरेश के.सी, सचिव सम्झना शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री कार्किले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्किले राज्य आतंक सृजना गरेर दलहरुलाई त्रसाउन खोजेकोले उनी कारबाहिमा पर्न लागेको पनि जनाए । मन्त्रीले जसरी भुकम्पको कारण चारैतीर फर्केका दलहरु एकठाऊमा बाधिंन बाध्य भएका थिए त्यसैगरी लोकमान आतंकले पुनः एकै ठाऊमा आउन दललाई सघाउ पुगेको टिप्पणी गर्दै लोकमान विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुने संकेत पनि गरे ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टंकमणी बन्जाडे, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष मनिस कुमार जोसी लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा मन्त्री कार्किले सरकारले समानूपातिक विज्ञापन प्रणाली तत्काल लागु गर्ने, श्रमजीवि पत्रकार ऐन व्यवाहारतः उतार्ने जनाउदैं पत्रकारहरुको समग्र हितको लागी सरकारले आवश्यक पहलकदमी लिइरहेको दाबी गरे ।













प्रतिक्रिया