काठमाडौं, ११ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला काठमाडौंमा उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ ।
भारतीय राष्ट्रपति कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । उनी आएको दिन कात्तिक १७ गते र दोस्रो दिन १८ गते गरी दुई दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले १८ वर्षपछि नेपालमा विदेशी राष्ट्राध्यक्षको भ्रमण हुन लागेको भन्दै निश्चित क्षेत्रमा ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाउने बताए ।
उनका अनुसार भीआईपीको सुरक्षाका लागि तीनवटा लेनमा कार्गेट गुड्ने र त्यसको बीचमा भीआईपी सवार गाडी गुड्ने भएकाले बाटो खाली गराउन लागिएको र यसका लागि सार्वजनिक सूचना समेत जारी गरिनेछ ।
यी ठाउँमा चलाउन पाइनेछैन् गाडी:
काठमाडौंका पूर्वी क्षेत्र: एयरपोर्ट,पिङ्गलास्थान गौशला चावहिल र वौद्ध
काठमाडौंका उत्तरी क्षेत्र : सुकेधारा, धुम्बाराही, नारायणगोपाल चोक र महाराजगञ्ज
काठमाडौंका दक्षिणी क्षेत्र :सानेपा, बल्खु, किर्तीपुर
काठमाडौंका दक्षिणी क्षेत्र :सानेपा, बल्खु, किर्तीपुर
















प्रतिक्रिया