३१ आश्विन २०८३, शनिबार

तरुण नकआउट फुटबलको उपाधि फिदिमको पोल्टामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cop– कृष्ण ओझा

पाँचथर, ११ कात्तिक । नेपाल तरुण दल पाँचथरको आयोजनामा भएको तरुण नकआउट फुटबल प्रतियोगिताको उपाधि फिदिमको पोलटोमा पारेको छ ।

बुधबार भएको अन्तिम प्रतिस्पर्धामा फिदिमले प्रतिद्वन्द्वी आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।

१–० अन्तरको जित फिदिमले निकालेको थियो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो ।

फिदिमका नरेश सम्वाहाफेले गरेको प्रहरालाई आङसराङका डिफेन्डरको गल्तीका कारण आङसराङ पराजित भएको छ ।

आङसराङका खेलाडीहरूले राम्रो प्रर्दशन गरेपनि गोल लगाउने मौकालाई सदुपयोग गर्न सकेन । अन्ततः उपबिजेतामा चित बुझाउनु परेको छ । खेल हारे पनि आङसराङका खेलाडीहरुले दर्शकको मन जित्न सफल रहे ।

आयोजकबाट विजेता टिम फिदिमले ५१ हजार रुपैयाँ नगद र ट्रफी पाएको छ । बिजयी टिमलाई पुरस्कार निर्वाचित सांमसद तथा उद्योग, वाणिज्य तथा आपूर्ति हक हित संरक्षण समितिका सभापति नेपाली काग्रेसका केन्द्रीय सदस्य यूवा नेता भीष्मराज आङदेम्बेले प्रथम पुरस्कार र ट्रफी सबतरण गरे ।

उपविजता टिमले ३५ हजार नगद र ट्रफिमा चित्त वुझाएको छ । उपविजेतलाई नेपाली कांग्रेसका पाँचथर सभापति तथा जूझार यूवा नेता नरेन्द्र कुमार केरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।

खेलमध्येका म्यान अफ दि म्याच सन्जु तामाङ भए । प्रतियोगताका उत्कृष्ट खेलाडी आङसराङका प्रदिप आङदेम्बे बने । यस्तै सर्वाधिक गोल छिराउने लुङरुपाका साजन राई भए । उनले प्रतियोगिता अवधिमा ६ गोल गरेका थिए ।
नेपाल तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका २२ टिमको सहभागिता रहेको तरुणदलका अध्यक्ष सुमन लामाले जानाए ।

यसैवीच फाइनलको अवसरमा पत्रकार र राजनीतिक दल विच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिमले सान्दार विजय भएको छ ।

राजनीतिक दलको टिम २–१को अन्तरले पराजित बन्यो । खेलाडी यूवा पत्रकारका सन्देश सुब्बा, कृष्ण कन्दवाले एक–एक गोल गरे । राजनीतिक दलको तर्फवाट पूराना यूवा खेलाडि गजाधर भटराईले गोल गरेका थिए । प्रमुख पार्टीका शीर्ष नेताहरूसँग पत्रकारले प्रतिस्पर्धा गरेका थिए ।