१९ कार्तिक २०८३, बिहिबार

रोल्पामा नौ वटा स्थानीय तहमा सहमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

new-rolpa-1– जीवन डाँगी

रोल्पा, ११ कात्तिक । रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका सार्वजनिक गरिएको छ । स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरिएको हो ।

लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको केन्द्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिकाको केन्द्र सुखाओडार, माडी गाँउपालिकाको केन्द्र घर्तीगाँउ, लुङ्ग्री गाँउपालिकाको केन्द्र सुलिचौर, सुनछहरी या जलजला या सुनछहरी जलजला गाउँपालिकाको केन्द्र पोवाङ र बराहक्षेत्र गाउँपालिकाको केन्द्र किलाचौर हाजवाङ रहने खाका प्रस्ताब गरिएको स्थानीय तह पुनः सरचना प्राविधिक सहयोग समितीका संयोजक तथा स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।

प्रस्ताबित खाका सुझाव सकंलन र गाँउ गाँउमा छलफलका लागी सार्वजनिक गरिएको र यो नै अन्तिम नभएको वैद्यले बताउनुभयो ।

उपस्थीत पत्रकारहरुले स्थानीय नागरिकको प्रतिक्रियामा आधारीत रहि वैज्ञानिक खालको स्थानीय तह बनाउनु पर्ने सुझाव दिएका थिए ।