१९ कार्तिक २०८३, बिहिबार

बिपि मार्गमा सामान ढुवानीका यातायातलाई फेरि समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Truck– नवराज श्रेष्ठ

रामेछाप, १० कात्तिक । बिपि मार्गको सिन्धुली, खुर्काे र काठमाडौँ, नेपालथोक खुर्काेट सडकमा सामान ढुवानी गर्दै आएका सवारी साधनलाई सिन्धुलीमा सञ्चालनमा रोक लगाएपछि फेरी समस्या भएको छ ।

सो सडक भएर चल्लने ढुवानीका साधनहरुले इजाजत पत्र नलिएको भन्दै सिन्धुली प्रशासनले बुधबार बिहान ५ बजेदेखि अपरान्ह २ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थलीका अध्यक्ष नवीन कार्कीले विहानदेखि खुर्काेट र सिन्धुलीमा यातायताका साधनहरु ट्राफिक प्रहरीले रोकेको भए पनि दिउँसो २ बजेपछि छाडेको बताए । ती मध्ये केही सवारी साधनलाई जरिवाना काटेर छाडेको उनले जानकारी दिए । हाललाई तीहारको कारण छाडेको भए पनि तिहार पछि सो रुटमा ढुवानीका यातायात साधन सञ्चालनमा रोक लगाउने गरी छाडेको उनले बताए ।

रामेछाप उद्योग वाणिजय संघका महासचिव जगन्नाथ दाहालले यस अघि पनि तराई तथा काठमाडौँबाट रामेछाप आउने यातायत साधनहरुलाई रोड पर्मिट नभएको भन्दै रोकिएको भए पनि अर्काे व्यवस्था नभएसम्म चलाउन दिने मन्त्रीस्तरबाट आदेश भएको बताए ।

ढुवानीका साधन संचालन गर्ने सहमति भएकाले अहिले ढुवानीका साधन बन्द गर्न नमिल्ने उनले बताए । सिन्धुलीबाट रामेछाप छिर्ने नकामा बस्ने सुरक्षा निकायका कर्मचारी परिवर्तन हुँदा यस्तो समस्या आएको पनि उनले बताए । यसअघि पनि इजाजत पत्र नभएका सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने भन्दै सो रुटमा चल्ने सावासी साधन रोकिएको थियो । त्यसको बिरुद्ध ट्रक व्यवसायि संघर्ष समिति रामेछापले साउन २१ गतेदेखि २३ गतेसम्म आन्दोलन गरेको थियो ।

पछि रामेछाप र दोलखाको ट्रक व्यवसायि संघर्ष समितिका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सहितको टोली भौतिक पुर्वधार तथा यातायात मन्त्री रमेश लेखकलाई मागका बारेमा जानकारी गराउँदा मन्त्रीले मागको सम्बोधन हुने प्रतिक्रिया दिएपछि आन्दोल फिर्ता भएको थियो ।

यस बिषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले यातायात साधन सञ्चालनमामा देखिएको समस्याको स्थाई समाधानका लागी जिल्ला प्रशासन कार्यालयले प्रयास गरिरहेको बताए । उनले यसभन्दा अगाडिपनि ढुवानीमा समस्या आएकोमा समन्वयन गरेर अगाडि बढेकाले अहिलेप नि यो समस्याको स्थाई व्यवस्थापनका लागी आफू लागि परेको बताए ।